रुसमा एक दिनमै २ लाखभन्दा बढी कोरोना संक्रमित

रसिया - रुसमा गएको २४ घन्टामा धेरै संक्रमित देखिएका बताइएको छ। यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ शनिबार मात्र दुई लाखभन्दा बढी संक्रमित देखिएका जनाएको छ। 

यहाँ पछिल्ला केही दिनहरुमा बढी मात्रामा र अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिने गरेका छन्। यहाँ हरेक दिन  संक्रमित बढ्ने गरेको स्वस्थ्य अधिकारीहरुले जनाएका छन्। यहाँ अहिलेसम्म एक करोड ३९ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका बताइएको छ। त्यसैगरी यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घन्टामा नै कम्तीमा पनि ७ सय २९ जना संक्रमितको निधन भएको छ।

यो समेतगरी यहाँ अहिलेसम्म ३ लाख ३९ हजार ४ सय १४ जनाको ज्यान गएको छ। रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको पनि बताइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×