काठमाडौँ - कालीकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मान्ममा खानेपानीको अभाव भएको छ।
खानेपानीको उचित वितरण प्रणाली नहुँदा अभाव भएको हो। खानेपानी उपभोक्ता समितिले वितरण प्रणालीमा लापरवाही गरेका कारण पानी अभाव भएको स्थानीय रामबहादुर नेपालीले जानकारी दिए। “खानेपानीको उचित वितरण नहुँदा खानेपानीको बजारमा अभाव रहेको छ”, उहाँले भन्नुभयो । खानेपानीको अभाव हुँदा टाढाबाट बोकेर खानेपानीको जोहो गर्नुपरेको नेपालीले बताए। “धारामा नियमित पानी नआएपछि सदरमुकाममा नै पिउने पानीको अभाव भएको छ”, उनले भने।
खानेपानी वितरणमा केही समस्या आएको र यसको चाँडै समस्या समाधान गरिने मान्म खानेपानी उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर शाहीले बताए। “विगत केही दिनदेखि वितरण प्रणालीमा समस्या आउँदा खानेपानीको अभाव भएको छ”, उनले भने, “खानेपानी नियमित बनाउन यसका निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधान गरिनेछ।”
टाढाबाट खानेपानी सदमुकाममा ल्याइएको र पाइपमा समस्या आउँदा पनि खानेपानीको अभाव रहने गरेको उपभोक्ता समितिका अध्यक्ष शाहीले जानकारी दिए।