काभ्रे कांग्रेसका पूर्व जिल्ला सभापति आचार्यद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घाेषणा

काभ्रेलाञ्चाेक। नेपाली काँग्रेसका नेता मधुप्रसाद आचार्यले आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताउनुभएको छ । नेपाली काँग्रेस भित्र नेता र नीति दुवै रूपान्तरित हुनुपर्ने मूल एजेन्डा बोकेर आचार्यले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्नुभएकाे हाे ।

१२ औँ महाधिवेशन पछि सुशील कोइरालाको कार्यकालमा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक भएर देशभर काँग्रेसको पक्षमा जनलहर सृजना गर्न अगुवाइ गर्नुभएको आचार्य काँग्रेस भित्र बौद्धिक नेताको रूपमा परिचित हुनुहुन्छ ।

बिपी विचार यात्रा र गणेशमान बलिदान अभियान सञ्चालन गरी देशभर बिपीको विचार र गणेशमानको क्रान्तिकारी गाथाको प्रचार गर्न अगुवाइ गर्नुभएको आचार्य १३औँ महाधिवेशनमा काभ्रे जिल्ला सभापति हुनुहुन्थ्याे।

काँग्रेस नेता रामचन्द्र पौडेल पक्षको भनेर चिनिनुभएका आचार्यले पार्टी विधि र विधान अनुसार चल्नुपर्ने कुरालाई प्राथमिकता राखेको बताउनुभएको छ । नेता र नीति दुवै रूपान्तरित काँग्रेस अबको आवश्यकता भन्दै उहाँले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको बताउनुभएकाे छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×