प्रविशा अधिकारी र सुमन केसीको स्वरमा 'लुकीछिपी' सार्वजनिक

काठमाडौँ - सन्चारकर्मी सुमन गैरेको रचनामा प्रविशा अधिकारी र सुमन केसीको स्वर रहेको गीत 'लुकीछिपी'को भिडियो सार्वजनिक भएको छ। सरोज पोखरेलको संगीत रहेको गीतमा प्रेमिल जोडीको भावना पोखिएको छ।

प्रकाश धितालको निर्देशनमा बनेको यस म्युजिक भिडियोमा उमेश भट्ट र आलिशा बास्तोलाको अभिनय रहेको छ। यस गीतको छायांकन चितवनमा गरिएको हो।

उत्सव दाहालले छायांकन गरेको भिडियोका सम्पादक बिकास दाहाल हुन् भने एशोसियट निर्देशक माधव शर्मा रहेका छन्। प्रेम रसाईलीको कोरियोग्राफी, अशिम रानाभाटको कस्ट्युम डिजाईन तथा दिपेन गौतम 'माईकल'को प्रडक्सन डिजाइन रहेको यस गीतलाई गायक केसी र गीतकार गैरेले निर्माण गरेका हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×