सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ को क्षमादेवी मावि मतदान केन्द्रमा झडप हुँदा शसस्त्र प्रहरीले गोली चलाएको छ। एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई निन्त्रणमा लिन शसस्त्र प्रहरीले गोली चलाएको स्थानीयको भनाइ छ।
गोली लागेर चार जना काँग्रेस कार्यकर्ता घाइते भएको जानकारी आएको छ भने अहिले उक्त मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ। क्षमादेवी मावि मतदान केन्द्र कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले मतदान गरेको केन्द्र पनि हो।