काठमाडौँ - इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले सेनेगलका डिफेन्डर कालिडोउ कुलिबालीलाई अनुबन्ध गरेको छ।
चेल्सीले शनिबार इटालियन क्लब नापोलीबाट डिफेन्डर कालिडोउलाई अनुबन्ध गरेको जनाकारी दिएको हो। उनी र क्लबबीच चार वर्षको लागि सम्झौता भएको छ।
योसँगै उनी प्रि-सिजन तयारीका लागि अमेरिका भ्रमणमा रहको टोलीसँग जोडिने भएका छन्। कालिडोउ २०१४ मा जेन्कबाट नापोली आएका थिए।
उनले इटालियन क्लबका लागि ३१७ तथा देशका लागि ६२ खेल खेलेका छन्।