नरेश थापा राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त

काठमाडौँ - पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नरेश थापा नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार थापालाई सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको जनाएको हो। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले उनलाई नियुक्ती पत्र हस्तान्तरण गरेका छन्।

एन्फाले मैत्रीपूर्ण खेलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ। नेपाल र पाकिस्तानबीचको १ मैत्रीपूर्ण खेल ३० कात्तिकमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।मैत्रीपूर्ण खेल साँझ ५ बजे सुरु हुने एन्फाले जनाएको छ। फिफाको निलम्बन फुकुवापछि पाकिस्तानको सिनियर पुरुष टोलीको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो।

अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि नेपाल नियमित मुख्य प्रशिक्षकविहीन रहँदै आएको छ। यसअघि बंगलादेशविरुद्धको मैत्रीपूर्णमा प्रदीप हुमागाँईले टोली हेरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×