एशियन युथ तथा जुनियर बक्सिङमा तीन खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ - जोर्डनको अम्मानमा आयोजना हुने एशियन युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले भाग लिने भएका छन्।

यही फागुन १६ देखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालका इन्द्र सुनार, छिरिङ वाङ्दी शेर्पा र स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्ने भएका हुन्। इन्द्रले पुरुष ६० केजी, छिरिङले पुरुष ५४ केजी तथा स्वस्तिकाले महिला ५२ केजीमा प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोलीको मुख्य प्रशिक्षकमा दीपक महर्जन रहेका छन्। उक्त प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङग गहतराज, मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, बक्सिङ सङ्घका अध्यक्ष राम अवाले लगायतले आजको कार्यक्रमा सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×