कोभिड प्रभावितलाई राहत वितरण सुरु

काठमाडौँ - सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहत वितरण सुरु गरेको छ।

गत असोजमा नै चाडपर्वको अवसरमा प्रदान गरिने भनिएको राहत विभिन्न कारणले वितरणमा ढिलाइ भएको हो। स्थानीय तहबाट गरिब घरपरिवारको विवरण आउनासाथ राहत वितरण सुरु गरिएको अर्थ मन्त्रालयले जनाएको छ। सरकारले राहत वितरणको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिएको छ । स्थानीय तहले नै गरिब घरपरिवारको पहिचान गरी प्रतिघरपरिवार रु दश हजार दिन सुरु गरेको मन्त्रालयअन्तर्गतको वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख सहसचिव बाबुराम सुवेदीले जानकारी दिए।

उनका अनुसार स्थानीय तहबाट विवरण आएसँगै काठमाडौं महानगरपालिकालगायतका स्थानीय तहले राहत वितरण सुरु गरिसकेका छन्। “स्थानीय तहबाट राहत वितरणको विवरण आउन ढिलाइ हुँदा रोकिएको हो। केही तहबाट विवरण आएपछि हामीले राहत वितरण गर्न दिर्नेशन दिइसकेका छौँ”, उनले भने, “विवरण आएका सबै स्थानीय तहमा वितरण सुरु भइसकेको छ। अन्यको विवरण आएलगतै वितरण सुरु हुन्छ।” उनका अनुसार २० भन्दा बढी स्थानीय तहले राहत वितरण सुरु गरिसकेका छन् भने अन्य प्रक्रियामै छन्।

गत असोज महिनामा नै अर्थ मन्त्रालयले प्रतिघरपरिवार राहतस्वरुप एक पटकका लागि रु दश हजार वितरण गर्नका लागि ७५३ वटै स्थानीय तहको खातामा रकम जम्मा गरिसकेको थियो। मन्त्रालयले सबै तहका गरी करिब पाँच लाख परिवारलाई राहतमा समावेश गर्न भन्दै रु. पाँच अर्ब बजेट विनियोजन गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×