एन्टोनियो रुडिगर रियाल मड्रिडमा अनुबन्ध

काठमाडौँ - इंग्लिस क्लब चेल्सीका जर्मन सेन्टर ब्याक एन्टोनियो रुडिगर स्पेनिस क्लब रियाल मड्रिडमा अनुबन्धित भएका छन्। रुडिगरले रियालसँग ४ वर्षको सम्झौता गरेका थिए।

सम्झौताअनुसार रुडिगर सन् २०२६ सम्म मड्रिडमा रहनेछन्। त्यसपछि उनी आफ्ना एजेन्टमार्फत फ्रि ट्रान्सफरमा सान्टियागो बर्नाबेउ आउने पक्का भएको हो। 

रियालले आधिकारिक रूपमा भने यसको जनकारी गराइसकेको छैन। २८ मेमा च्याम्पियन्स लिग फाइनलपछि रुडिगरलाई सार्वजनिक गर्ने बताइएको छ। 

मड्रिड र रुडिगरले पहिले नै सम्झौता गरिरहेको थिए। तर, कागजी प्रक्रियाका कारण मंगलबार मात्र त्यसले पूर्णता पाएको हो। २९ वर्षीय रुडिगरले यो सिजन चेल्सीमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

सन् २०१७ मा इटालियन क्लब रोमाबाट स्टामफोर्ड ब्रिज आएका उनले हालसम्म क्लबका लागि १९९ खेल खेल्दा १२ गोल गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×