नेपाल नेटवर्क टेलिभिजनमा नेपाली फिल्म

काठमाडौँ - नेपाल नेटवर्क टेलिभिजनमा निरन्तर नयाँ नेपाली फिल्महरु हेर्न सकिने भएको छ। सिनेमा हलमा प्रदर्शनमा आएका र दर्शकले रुचाएका फिल्मत्रहरु टेलिभिजनमा हेर्न पाईने भएको हो। डिएआर मुभिजको सहकार्यमा हरेक शुक्रबार राति ९ बजेदेखि टेलिभिजनमा नेपाली फिल्म प्रसारण हुँदै आएको छ।

यो शुक्रबार दयाहाङ राई अभिनित फिल्म ‘तान्द्रो’ प्रसारण हुनेछ भने आउँदो महिना ‘चिसो मान्छे’, ‘ईन्टु मिन्टु लण्डनमा’, ‘प्रेमगीत ३’ तथा ‘झिंगेदाउ’ प्रसारण हुनेछ।

दीपेन्द्र के खनाल निर्देशित ‘चिसो मान्छे’ राम्रो समीक्षा पाएको फिल्म हो। धिरज मगर र साम्राज्ञी राज्यलक्ष्मी अभिनित ‘ईन्टु मिन्टु लण्डनमा’ पनि सफल फिल्म हो। प्रदीप खडका र क्रिष्टिना गुरुङ अभिनित ‘प्रेम गीत ३’ र केकी अधिकारी, आँचल शर्मा लगायतको अभिनय रहेको ‘झिंगेदाउ’ दुवै यस वर्षका ब्लकबस्टर फिल्महरु हुन्।

यी फिल्महरु हेर्नका लागि दर्शकहरुले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने डिएआरका निर्देशक श्याम धितालले जानकारी दिएका छन्। यी फिल्महरुको डिजिटल अधिकार ओएसआर डिजिटल रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×