‘दृश्यम २’को सफलतापछि रोहित सेट्टीको ‘सिंघम अगेन’मा देखिदै अजय देवगण

काठमाडौँ - ‘दृश्यम २’को सफलतापछि अभिनेता अजय देवगण ‘सिंघम’को तेस्रो श्रृंखलामा देखिने भएका छन्। निर्देशक रोहित सेट्टीले आफ्नो कप युनिभर्सलाई अघि बढाउँदै सिंघमको सुपरहिट सिक्वेल अर्थात् ‘सिंघम अगेन’ निर्माणको औपचारिक घोषणा गरेका छन्।

यसको अर्थ, अजय देवगण पुनः सिंघम अर्थात् प्रहरीको भूमिकामा देखिनेछन्। सिंघम तथा सिंघम रिटर्न्सपछि रोहित सेट्टीको फिल्ममा अजयलाई सशक्त प्रहरी अधिकारीको भूमिकामा हेर्न पाइने भएको छ।

सिंघम फ्रेन्चाइजको पहिलो श्रृंखला सन् २०११ मा प्रदर्शन भएको थियो। यो फिल्म सन् २०१० निर्मित तमिल फिल्म ‘सिंघम’को हिन्दी रिमेक थियो। उक्त फिल्ममा अजयसँग काजल अग्रवाल देखिएकी थिइन्। फिल्म बक्स अफिसमा सफल भएको थियो।

सन् २०१४ मा दोस्रो श्रृंखला अर्थात् सिंघम रिटर्न्स रिलिज भयो, जसमा अजयसँग करिना कपुर देखिएकी थिइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×