काठमाडौँ - अमेरिकाको मेजर लिग सकर एमएलएस कपको उपाधि लस एन्जलस एफसीले जितेको छ। आइतबार बिहान फिलाडेल्फिया युनियनलाई पेनाल्टी सुटआउटमा ३-० गोल अन्तरले हराउँदै लस एन्जलसले उपाधि जितेको हो।
खेलको निर्धारित र थपिएको अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा लस एन्जलसका सान्चेज, रायन र डेनिसले गोल गरेका थिए। क्रिस्टियनले गोल गर्न सकेनन्। युनियनका काइ वाग्नेर, जोसे मार्टिनेज र डानिल पेनाल्टीमा चुकेका थिए।
लस एन्जलसको यो पहिलो उपाधि हो। पेनाल्टी अघि युनियनका ज्याक इलिओटले २ तथा डानिलले १ गोल गरेका थिए। लस एन्जल्सका ग्यारेथ बेल, एकोस्टा र जिससले गोल गरेका थिए।