अपेक्षाभन्दा बढी व्यापार गर्दै  ‘द कश्मीर फाइल्स’

काठमाडौँ। बलिउड चलचित्र ‘द कश्मीर फाइल्स’ प्रदर्शनमा आएदेखि नै चर्चामा रहेको छ। चलचित्रले केही कीर्तिमान पनि बनाएको छ।  निर्देशक विवेक अग्निहोत्रीको यो चलचित्रले आइतबार करिब १४ करोडको कारोबार गरेको बताईएको छ।

त्यसैगरि, चलचित्रले प्रदर्शनमा आएको पहिलो दिन अर्थात शुक्रबार ३.२५ करोड कमाएको थियो भने शनिबार करिब ८.२५ करोड बटुलेको थियो। पहिला ६५० स्क्रिन मात्र पाएको चलचित्रले अहिले २ हजार स्क्रिन पाएको जनाईएको छ। मिथुन चक्रवर्ती, अनुपम खेर, दर्शन कुमार, पल्लवी जोशी आदि कलाकारहरुको अभिनय रहेको चलचित्रमा कश्मीरी पण्डितमाथि हुने अत्याचारको कथा देखाईएको छ।

विवेक अग्निहोत्री र सौरभ पाण्डेको लेखन रहेको चलचित्रलाई कर्नाटक, हरियाणा, गुजरात र मध्यप्रदेश सरकारले कर फ्री गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×