भैरहवा । सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान संकट समाधान र जनआकांक्षा सम्बोधनका लागि आफ्नो दललाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताएका छन् ।
एमाले रुपन्देहीको दशौं जिल्ला अधिवेशनको बुधवार भैरहवामा उद्घाटन गर्दै नेता पौडेलले एमालेले नेतृत्व गर्न पाए एक दशकमै मुलुकको कायापलट गर्ने दाबी गरे । ‘संविधानले प्रदान गरेको अधिकार नागरिकले कहिले उपभोग गर्न पाउँछन् ? आजको अहम् प्रश्न यही हो । जिम्मेवारी पनि यही हो,’ उनले भने ।
एमालेले नेतृत्व गर्न नपाएका कारणले मुलुकपछि परेको र नागरिकहरूमा तमाम समस्या उत्पन्न भएको नेता पौडेलले बताए । ‘संविधानले प्रदान गरेका अधिकारला