'मेट्रिक्स'मा प्रियंका चोपडाले निभाउनेछिन् सतिको भूमिका

अमेरिका। हलिउड चलचित्र 'मेट्रिक्स'को चौथो सिक्वल 'द मेट्रिक्स रीसरेक्शंस'को कोरियन पोस्टर सार्वजनिक गरिएको छ। मेट्रिक्सको चौथो सिक्वलमा बलिउड अभिनेत्री प्रियंका चोपडा सतीको भूमिकामा देखिदैछिन्। सती राम कंद्र र कमलाको छोरी हुन्।  २२ डिसेम्बरबाट रिलिज हुन लागेको चलचित्रको पहिलो सिक्वल सन् १९९९मा आएको थियो। मेट्रिक्सको यो भागको निर्देशन  लाना वाचावोस्कीले गर्नेछन्। यसअघि उनी आफ्नी बहिनी लीली वाचावोस्कीसँग मिलेर चलचित्रको निर्देशन गर्ने गर्थे। चलचित्रमा केहि नयाँ र केहि पुराना कलाकारहरुको अभिनय रहनेछ। चलचित्रमा याहया अब्दुल मतीन २, जेसिका हेनविक, नील प्याट्रिक हेरिस, जोनाथन ग्रोफ, टोबी अनवुमेयर, म्याक्स रीमेल्ट, इरेन्ड्रिया इबारा, प्रियंका चोपडा, एन्ड्रियु काडवेल, ब्रायन जे स्मिथ, एलेन हलम्यान र क्रिस्टिना रिकीलाई पनि देखिनेछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×