बक्सअफिसमा ‘बाबरी’लाई सकस: चलेन धीरज र अदितीको जादू

काठमाडौँ - दशैँमा रिलिज फिल्म ‘बाबरी’लाई लिएर बक्सअफिसमा राम्रै आशा थियो। यसको प्रि-रिलिज हाइपलाई आधार मान्दा कम्तीमा ७० लाखदेखि १ करोडसम्मको ओपनिङ प्रक्षेपण थियो।

धीरज मगर र अदिती बुढाथोकीको सामाजिक संजाल देखिएको लोकप्रियतालाई हेर्दा पनि फिल्मले राम्रै कमाइ गर्ने आशा थियो। तर, बक्सअफिसमा यी दुबैको जादू चलेन।

अर्थात, आशा गरिएको ‘बाबरी’ले बक्सअफिसमा निराशजनक प्रदर्शन गरिरहेको छ। मुलुकको मल्टिप्लेक्सन चेन क्यूएफएक्समा आइतबारदेखि जम्मा ७ शो र उपत्यकाका हलमा ३ शो छ। अन्य हलले २-२ शोजदिएका छन्।

कम्तीमा दोस्रो सप्ताहन्तमा पनि फिल्मले राहतपूर्ण अकुपेन्सी हासिल गर्ने देखिएको थियो तर, त्यो पनि हुन सकेन। सुरुदेखि नै बाबरी विवादमा तानियो। रिलिजको दोस्रो दिनमै पत्रकार सम्मेलन गरेर निर्माताले शोज वितरणमा न्याय नभएको भन्दै चलचित्र संघ र बोर्डप्रति आक्रोश पोखेका थिए।

निर्देशक सुरेन्द्र पौडेल र निर्माता संघका अध्यक्ष नवल खड्काले अध्यक्ष भुवन केसीको राजीनामा मागेका थिए। विवादमा कलेक्सनमा कुनै प्रभाव नपरेपनि पहिलो मंगलबारदेखि शोजमा गिरावट आउन सुरु भैसकेको थियो।

‘बाबरी’को बक्सअफिस असफलतामा मुख्य यसको कमजोर ‘वर्ड अफ माउथ’ जिम्मेवार देखिन्छ। यसको सीधा सन्देश हो: दशैँ होइन, कन्टेन्ट नै महत्वपूर्ण हो। रिलिजअघि नै मोमेन्टम गुमाएको बाबरीका लागि दशैँमा आउनु हुँदैन थियो भन्ने एकथरीको तर्क पनि छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×