काठमाडौँ। गायिका मेलिना राई र कृष्ण काफ्लेको आवाज रहेको गीत 'के छ तिम्रो विचार' सार्वजनिक गरिएको छ। गीतमा दीपराज थापाको शब्द रहेको छ भने सोनाम बज्यूको लय सिर्जना तथा संगीत संयोजन रहेको छ। गीतको भिडियोमा कलाकार दिनेश काफ्ले र नायिका नम्रता सापकोटाको अभिनय रहेको छ। शिशिर खातीको निर्देशनमा तयार भएको गीतको भिडियोमा मिलन बिकको सहनिर्देशन रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'फ्ल्याग अन मोसन पिक्चर्स'बाट सार्वजनिक गरिएको हो।
भिडियो: