काठमाडौँ - नेकपा (माओवादी केन्द्र)ले विवादास्पद बुँदामा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय गरेको छ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटारमा आइतवार बिहान बसेको पूर्व केन्द्रीय कमिटी सदस्यहरूको बैठकले व्याख्यात्मक टिप्पणी राखेर एमसीसी पारित गर्ने निर्णय गरेको बताइएको छ। यसअघि यथास्थितिमा एमसीसी पारित गर्न नसकिने बताउँदै आएको माओवादीले मध्यमार्गी विकल्पका रूपमा व्याख्यात्मक टिप्पणी समावेश गर्ने विकल्पमा सहमति जनाएको हो।
यस विषयमा सत्ता गठबन्धनमा सहमति जुटिसकेको बताइएको छ। सहमतिलाई अन्तिम रूप दिन गठबन्धनको बैठक अहिले बालुवाटारमा बस्दैछ।