‘प्रेम गीत ३’को नयाँ गीतको नेपाली र हिन्दी भिडियो सार्वजनिक

काठमाडाैँ - ‘प्रेम गीत ३’ को ‘हर युग होस’ गीत सार्वजनिक गरिएकाे छ। अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहेकाे गीतमा एलिश कार्कीकाे संगीत तथा राजेशकुमार श्रेष्ठको शब्द रहेको छ।

'हर युग होस्' गीतमा यसअघि प्रताप दास र प्रविशा अधिकारीले स्वर दिएका थिए। जस्को लिरिकल भिडियो मात्र सार्वजनिक गरिएकाे थियाे।

यस्तै ‘हर युग होस्’को हिन्दी भर्सन 'तुम प्यार हाे'पनि आजै सार्वजनिक भएको छ। जसमा पलक मुचल र अंकित तिवारीकाे स्वर रहेकाे छ। गीतमा अश्लम केइको संगीत र कुमारको शब्द रहेको छ।

सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म प्रेम गीत ३ असोज ७ गतेबाट प्रदर्शनमा आउँदैछ। फिल्म निर्देशनमा सेनलाई स्व.छेतेन गुरुङले सघाएका छन्।

नेपाली

हिन्दी भर्सन

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×