भारत। सन् २०२१ सकिन लागेको छ, यो वर्ष धेरै चलचित्रहरू प्रदर्शनमा आए। हालै रणवीर सिंह र दीपिका पादुकोणको चलचित्र '८३' पनि प्रदर्शनमा आएको छ। प्रशंसकहरू लामो समयदेखि यो चलचित्रको प्रखाईमा रहेका थिए। अब दर्शकहरूको ध्यान चलचित्रको कमाइमा गाएको छ। समय अनुसार चलचित्रले राम्रै कमाइ गरिरहेको छ। चलचित्रले करिब ६६.७९ करोड माथीको कमाइ गरिसकेको छ। चलचित्रले शुक्रबार १२.६४ करोड, शनिबार १६.९५ करोड, आइतबार १७.४१ करोड, सोमबार ७.२९ करोड, मंगलबार ६.५० करोड र बुधबार ५.८० करोड कमाउदै कुल ६६.७९ करोडको कमाई गरिसकेको छ। १९८३मा भारतले विश्वकप क्रिकेट जितको कथा बोकेको चलचित्रमा रणवीर सिंह र दीपिकाका अलावा चिराग पाटिल, दिनकर शर्मा, साहिल खट्टर आदि कलाकारहरुको अभिनय रहेको छ।