काठमाडौँ - हाँस्य टेलिश्रृखंला ‘अति भो’ ले ११७ भाग पूरा गरेको छ। दर्शकमाझ लोकप्रियता बढ्दै जाँदा यो सफलतासम्म आइपुगेको निर्देशक सुरज खनाल बताएका छन्।
हाँस्यव्यंग्यको माध्यमबाट सामाजिक कुरीतिहरूलाई हटाउने र मनोरञ्जन दिने उद्देश्यका साथ सुरू भएको यो टेलिसिरियलले कमेडीसँगै समाज सुधारका विषयमा कथावस्तु तयार गरिरहेको निर्देशक खनालले बताएका छन्। यो सिरियल हरेक आइतबार राति ८:५० बजे नेपाल टेलिभिजन अनि ९:३० मा मिडिया हब अफिसियल युट्यूब च्यानलबाट प्रशारण हुँदै आएको छ।
यो हास्यश्रृंखलामा रियाशा दाहाल, सुरज खनाल, शर्मिला शर्मा, सोभाखर खनाल, रिता सिवाकोटी, युवराज तिमल्सिना, सुबु शाही, सुमन खनाल, धनराम मुस्कान ,अजय रेग्मी, रेसम बुढाथोकीलगायतका कलाकारले अभिनय रहेको छ। दीलिप विष्टको छायांकन रहेको ‘अति भो’ मा रविन भट्ट, अशोक चौधरी र नमिता चालिसेको सम्पादन रहेको छ। लेखन सुरज खनाल र ओकेश पनेरुले गर्छन्।
दर्शकको मायाकै कारण आफूहरूमा उत्साह थपिएकोले सुझावको आधारमा नयाँनयाँ विषयवस्तु पस्किने कलाकार शोभाखर खनालले बताएका छन्।