पहिलो क्वालिफायरमा गुजरात र राजस्थान भिड्दै

काठमाडौँ - इन्डियन प्रिमियर लीग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायर खेल आज मंगलवार हुँदैछ।
पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। कोलकत्तामा हुने क्वालिफायर खेल राति ७:४५ बजेबाट शुरू हुनेछ।

आज दुबै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन्। यस खेलको विजेता फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउने छन्।

गुजरात पहिलो सिजनमै प्लेअफ पुगेको हो। गुजरातले २० अंक जोडेर शीर्ष स्थानमा रहदै क्वालिफायर खेल्ने छ। राजस्थान भने दोस्रो स्थानमा रहदै क्वालिफायर खेल्ने छ। राजस्थानले लिग चरणमा १८ अंक जोडेको थियो।

 सन् २००८ मा आइपीएलको उपाधि जितेको राजस्थानले त्यसपछि सन् २०११ मा फाइनल खेल्दा पराजित भएको थियो। राजस्थानका लागि जोस बट्लरको ब्याटिङ यो सिजनमा उत्कृष्ट रहेको छ। जसमा उनले १० खेलमा चार सय ११ रन बनाएका छन। यस्तै सन्जु सामसनले पनि टिमका लागि दुई सय ६८ रनको योगदान गरेका छन। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×