चलचित्र ‘२ नम्बरी’को निर्माता दीपक मनाङे

काठमाडौँ। नेपाली चलचित्र ‘२ नम्बरी’को छायांकन पुन: सुरुदेखि थालिने भएको छ। चलचित्रमा कलाकार, पटकथा र निर्मातासम्म परिवर्तन हुने भएको छ। खबरका अनुसार चलचित्रको छायांकन चैत पहिलो सातादेखि कास्कीको ल्वाङघलेल गाउँबाट सुरु हुने प्रस्तुतकर्ता किरण नेपालीले जनाएका छन्। यसअघि ४० प्रतिशत छायांकन सकिएको चलचित्रको लागि ६० लाख रुपैयाँ खर्च भइसकेको छ।

अब चलचित्रको खर्च बढेर २ करोड ५० पुग्ने अनुमान गरिएको छ। चलचित्रका अभिनेता पल शाह प्रहरी हिरासतमा रहेको र अर्का अभिनेता जयनन्द लामाको निधन भएकाले यि दुई कलाकारको स्थान अरु कलाकारले पाउने भएका छन्। चलचित्रकै छायांकनका लागि भुटानी अभिनेत्री उगेन छोदेन पनि नेपाल आएकी छिन्।

दीपेन्द्र लामाको निर्देशन रहने यो चलचित्रका निर्माताका रूपमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) भित्रिएका छन्। दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा रहेको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली रहेका छन् भने  जय श्रेष्ठ र कमलादेवी राई पनि निर्माता रहेका छन्। सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रमा  सामाजिक कथावस्तु देखाईने बताईएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×