२३ वर्षपछि शीर्ष डिभिजनमा फर्कियो नटिङ्घम फरेस्ट

काठमाडौँ - नटिङ्घम फरेस्ट इंग्ल्याण्डको शीर्ष डिभिजन फुटबल इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ। वेम्बलीमा गएराति सम्पन्न च्याम्पियनसिपको प्लेअफमा हडर्सफिल्डलाई १–० ले हराउँदै नटिङ्घमले प्रिमियर लिगमा स्थान सुरक्षित गरेको हो।

खेलको ४३ औं मिनेटमा हडर्सफिल्डका लेभी कोल्विलको आत्मघाती गोल नै नटिङ्घमलाई जित दिलाउन पर्याप्त बन्यो। जेम्स गर्नरबाट आएको क्रसलाई रोक्न खोज्दा कोल्विलले आफ्नै पोस्टमा गोल गरेका थिए।

जितपछि नटिङ्घमा मुख्य प्रशिक्षक स्टिभ कुपरले आफू खेलाडी र समर्थकका लागि निकै खुसी रहेको प्रतिक्रिया दिएका छन्। नटिङ्घम २३ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको हो। उसले पछिल्लोपटक १९९८/९९ को सिजनमा शीर्ष डिभिजन फुटबल खेलेको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×