विश्वले पर्खिरहेको फिल्म ‘अवतार : फायर एण्ड एस’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ।
नेपालमा ११ दिनअघि सुरु भएको एड्भान्स टिकट बिक्रीमा ८,३४६ टिकट बिक्री भइसकेका छन्, जसबाट ३६,४०,४८० रुपैयाँ ग्रस कमाइ भएको छ।
विशेषज्ञको अनुमान अनुसार, बिहिबारसम्म एड्भान्स बिक्री ४५–५० लाख पुग्न सक्ने देखिन्छ।
फिल्मको निर्देशन जेम्स क्यामरुन ले गरेका हुन् र यसका अघिल्ला श्रृंखलाहरू विश्वभर सर्वकालिन ब्लकबस्टर साबित भएका थिए।
Fun Fact:
यसको रनटाइम १९७ मिनेट छ र पहिलो सप्ताहन्तमा उच्च कमाइ गर्ने सम्भावना बलियो छ।