तेस्रो श्रेणीको क्लब प्लिमाउथ आर्गाइलविरुद्ध चेल्सीको जित

काठमाडौँ- अतिरिक्त समयको अन्त्यतिर पाएको पेनाल्टीमा रायर्न हार्डी गोल गर्न चुकेपछि चेल्सीले एफए कपमा प्लीमेटलाई हराएको छ। शनिबार भएको खेलमा लिग वानको टिम प्लीमेटले चेल्सीविरुद्ध आठौं मिनेटमा नै अग्रता लिएको थियो। उसका लागि म्याकोली गिलेस्फीले गोल गरेका थिए।

पहिलो हाफको अन्त्यतिर सेजर अस्पिलिक्वेटाले चेल्सीका लागि बराबरी गोल फर्काए। दोस्रो हाफमा गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो।
अतिरिक्त समयको पहिलो हाफको इन्जुरी टाइममा एलोन्जोले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए। तर ११८ औं मिनेटमा प्लीमेटले पेनाल्टी पायो। तर रायर्न हार्डीको पेनाल्टी प्रहारलाई चेल्सीका गोलरक्षक केपाले रोक्दै टोलीलाई जित दिलाए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×