नवौं राष्ट्रिय खेलकुद: पूजापाठ गरेर खोखो प्रतियोगिता सुरु

पोखरा - नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगशालामा पूजापाठ गरेर खोखो प्रतियोगिता सुरु गरिएको छ। रंगशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबार सुरु भएको प्रतियोगितामा संघका पदाधिकारी, खेलाडी तथा प्राविधिकको उपस्थितिमा पूजापाठ गरिएको थियो।

खोखो संघका प्रचार विभाग प्रमुख सुशीलमान व्यञ्जनकारका अनुुसार खोखो भारतदेखि सुरु भएकाले सोही शैली पछ्याउँदै खेल सुरु हुनुअघि पूजापाठ गर्ने प्रचलन छ। ‘यसको ओरिजिन नै इन्डियामा भएकाले हामीले पनि त्यही शैली पछ्याएका मात्रै हौं,’ उनले भने, ‘अरु खेलमा यस्तो पूजा गरिँदैन।’

उदघाटन खेलमा विभागीय टिम नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश भिड्दै छन्। खोखोमा नेपाल आर्मी र नेपाल पुलिस क्बलसहित ९ टिम सहभागी रहेका छन्। राउन्ड रोबिन आधारमा खेलाइने प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×