रोनाल्डोले गोलको खडेरी तोड्दै दिलाए युनाइटेडलाई जित

काठमाडौँ= क्रिस्टियानो रोनाल्डोले ६ खेलसम्म गोलको खडेरी तोड्दा म्यानचेस्टर युनाइटेडले मंगलबार राति इंग्लिस प्रिमियर लिगमा ब्राइटनमाथि २–० को विजय हासिल गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडले रोनाल्डोको गोलबाट ५१औँ मिनेटमा अग्रता लिएको थियो। इन्ज्युरी समयमा ब्रुनो फर्नान्डेजले युनाइटेडको अग्रता दोब्बर बनाए।

‘‘रोनाल्डोले गोल गर्नु मात्र महत्त्वपूर्ण कुरा होइन। उनले असाधारण गोल गरेका छन्,’’ युनाइटेडका प्रशिक्षक राल्फ राङ्कनिकले भने, ‘‘म युनाइटेड आएदेखि नै रोनाल्डोको प्रदर्शन उत्कृष्ट छ। यो टिमका लागि महत्त्वपूर्ण हो।’’

त्यसअघि ५२औँ मिनेटमा ब्राइटनका लेविस डंकले रातो कार्डको समाना गरेपछि भ्रमणकारी टोली १० खेलाडीमा सीमित भएको थियो। रेफ्री पिटर ब्याङ्सले पहिलो पहेँलो कार्ड देखाएका थिए। तर, भिडियो सहायक रेफ्रीसँगको सहयोगमा उनले कार्ड परिवर्तन गर्दै रातो कार्डको दर्शन गराएका थिए।

जितसँगै युनाइटेड लिगको चौथो स्थानमा उक्लिएको छ। युनाइटेडले वेस्ट ह्यामलाई पछि पारेको हो। युनाइटेडले २५ खेलबाट ४३ अंक जोडेको छ। त्यो तेस्रो स्थानको चेल्सीभन्दा चार अंकले पछाडि हो भने पाँचौँ स्थानको वेस्ट ह्यामभन्दा दुई अंकले अगाडि हो। चेल्सीले एक खेल कम खेलेको छ। पराजित ब्राइटन भने २४ खेलबाट ३३ अंक जोड्दै नवौँ स्थानमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×