रोनाल्डोको अर्को कीर्तिमान, पेनाल्टीबाहेक नै अन्तर्राष्ट्रिय १०० गोल पूरा

काठमाडौँ - पाँच पटकको बालोन डी’ओर विजेता पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले लगातार कीर्तिमानहरु बनाइरहेका छन्। ३७ वर्षीय रोनाल्डोले पछिल्लो पटक अन्तर्राष्ट्रिय फुटबलमा पेनाल्टीबाहेक १०० गोल पूरा गर्ने पहिलो पुरुष खेलाडी बनेका छन्।

यूईएफए नेसन्स लिग फुटबलको समूह चरण अन्तर्गत स्विजरल्याण्डविरुद्ध दुई गोल गरेसँगै उनले उक्त कीर्तिमान बनाएका हुन्। आइतबार राति सम्पन्न खेलमा पोर्चुगलले स्विजरल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको थियो। जसमा रोनाल्डोले दुई गोल गरेका थिए।

३५औं मिनेटमा  डिएगो जोटाको पासमा रोनाल्डोले गोल गरेका थिए। यस्तै, ३९औं मिनेटमा पनि रोनाल्डोले जोटाकै पासमा गोल गरेका थिए। यी दुईसहित रोनाल्डोको राष्ट्रिय टोलीमा ११७औं अन्तर्राष्ट्रिय गोल पुगेको छ।

उनले १८८ खेल खेल्दै उक्त गोल गरेका हुन्। उनले गत वर्ष नै इरानका अली दाईको १०९ गोल गर्ने कीर्तिमानलाई तोडेका थिए। रोनाल्डोले  पोर्चुगलका लागि पेनाल्टीबाहेक १०१ गोल गरेका छन्। रोनाल्डोले १६ गोलमात्रै पेनाल्टीबाट गरेका छन्।

३७ वर्षीय रोनाल्डो ४३८ खेलमा ४५० गोलसहित स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन्। उनले लगातार ६ सिजन रियलबाट खेलेका थिए। उनले एक सिजनमा ५० भन्दा बढी गोल गरेका छन्। 

इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पनि यस सिजन उनी सर्वाधिक गोलकर्ता हुन्। उनले २४ गोल गरेका छन्। ब्रुनो फर्नान्डेस १० गोलसहित दोस्रो स्थानमा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×