टुकुचा खोला छेउमा शव भेटियो

काठमाडौं - काठमाडौं महानरपालिका–११ त्रिपुरेश्वर नजिकै टुकुचा खोला छेउमा बस्ने ८६ वर्षीया सुभद्रा श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । आफ्नै घरको पुजाकोठामा जलेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको एमरजेन्सी वार्डको बिरामी कुरूवा कोठामा हाल नाम, थर वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

झापाको शिवसताक्षी नगरपालिका–२ डाइबर चोक बस्ने २८ वर्षीय बुद्धे बेस्रा सोही ठाउँस्थित पानी जमेको खेतमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान घरबाट हिडेँका उनी घर फर्की नआएकोले खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×