रसुवामा मतगणना जारी

रसुवा - शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना गएरातिदेखि नै जारी रहेको छ।

जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा मतगणना  सुरू भएको हो। गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत वडा नं ४ लाङ्टाङ केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले एक  गाउँपालिकाको गणना आज साँझदेखि मात्र सुरू हुने बताइएको छ।

पाँच गाउँपालिकाको कूल ३८ हजार ५४५ मतदातामध्ये ५१ मतदान केन्द्रबाट करिब ७५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए।

भौगोलिक विकटताका कारण पैदलमार्गबाट लाङ्टाङको मतपेटिका शनिबार बिहानै धुञ्चे सदरमुकाम प्रस्थान गराई सकिएको जनाइएको छ। अहिलेसम्म करिब एक हजारभन्दा बढी मतगणना भइसकेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×