निफ र क्यूएफएक्सबीच पाँचवर्षे भेन्यु सम्झौता

काठमाडौँ - नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) र क्यूएफएक्सको माउ कम्पनी टिम क्वेस्टबीच भेन्यु सम्झौता भएको छ। जसअनुसार निफमा छानिएका फिल्महरु क्यूएफएक्सका हलमा प्रदर्शन हुनेछन्।

५ वर्षको लागि भएको यो सम्झौतामा निफ अध्यक्ष केपी पाठक र टिम क्वेस्टकी महाप्रबन्धक प्रशंसा पाण्डेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार क्यूएफएक्सका काठमाडौं उपत्यकाका हलमा निफका फिल्म देखाइनेछ।

सम्झौतापछि निफ अध्यक्ष पाठकले भने, ‘यो सम्झौतापछि अब दर्शकले गुणस्तरीय थलोमा फिल्म हेर्न पाउनेछन्। साथै, निकट भविष्यमा हामी मोफसलमा पनि फेस्टिभल विस्तार गर्ने तयारीमा छौं।’ निफसँगको सहकार्यले नेपाली फिल्मको उचाई अन्तर्राष्ट्रिय उचाइमा पुग्ने आशा टिम क्वेस्टका निर्देशक भाष्कर ढुंगानाले बताएका छन्। निफको छैटौं संस्करण चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुनेछ।

आगामी पुस १० गतेसम्मलाई आवेदन खुलाइएको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय फिचर फिल्म, छोटा फिल्म, वृत्तचित्र तथा सर्ट एनिमेटेडसहितका सात विधामा आवेदन दिन सकिनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×