रुसले युक्रेनमा आफुप्रति बफादार सरकार बनाउन खोजेकोे बेलायतको आरोप

एजेन्सी । रुसले युक्रेनलाई आफु अनुकुलको नेतृत्व ल्याउन खोजेको आरोप बेलायतले लगाएको छ । बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा आफूप्रति बफादार शाषक चाहेको र यसको लागि सम्भावित उम्मेदवार समेत तय गरिसकेको दावी गरेको हो ।

बेलायतका विदेशमन्त्री लिज ट्रसले अस्वभाविक टिप्पणी गर्दै युक्रेनका पूर्व सांसद यभन मुराएभ रुसको सम्भावित उम्मेदवार भएको आरोपसमेत लगाए । मुराएभलाई युक्रेनको सत्तामा ल्याउन रुसले आवश्यक परे सैन्य शक्तिसमेत प्रयोग गर्ने बेलायतले बताएको छ । 

रुसले भने युक्रेनमा हमला गर्ने आफ्नो कुनै योजना नरहेको दोहोरयाउँदै अमेरिकी नेतृत्वको पश्चिमा जगतको आरोपलाई आधारहीन आशङ्काको संज्ञा दिँदै आएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×