परासी - पश्चिम नवलपरासीको रामग्राम नगरपालिका अतिक्रमित सार्वजनिक जग्गा संरक्षण अभियानमा जुटेको छ। रामग्राम नगरपालिका नगर प्रमुख धनपत यादवले नगरभित्रका बेवारिशे तथा अतिक्रमित जग्गाहरुको खोजतलाश गरि संरक्षणका लागि सक्रियता देखाएका छन्।
शुक्रबार मेयर यादवले, पालिकाको अमिन र प्राविधिक टोलीसहित रामग्राम वडा १ स्थित सिद्धार्थ टोलमा पुगेर त्यहाँ रहेको सार्वजनिक जग्गामा होर्डिङ्ग बोर्ड राखेका छन्। उक्त बोर्डमा सार्वजनिक जग्गाको संरक्षण गर्न आग्रह गरिएको छ। यो अभियानलाई आगामी दिनमा निरन्तरता पाउने नगरपालिकाको योजना छ।
विगत लामो समयदेखि अव्यस्थित तथा केहि व्यक्तिहरुको अतिक्रमणमा रहेको सार्वजनिक जग्गा संरक्षणका लागि मेयर यदवले चालेको अभियानमा साथ दिनुपर्ने स्थानीय बताउँछन्।