काठमाडाैँ - केही दिनअघि बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको इनगेजमेन्टको हल्लाले मिडिया तातिएको थियो। देब्रे हातको रिङ फिंगरमा चम्किलो हीराको औंठी लगाएको फोटो सेयर गर्दै उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, “मेरो लागि महत्त्वपूर्ण दिन! मेरो सबैभन्दा ठूलो सपनामध्ये एक पूरा हुँदैछ र म यो कुरा तपाईं हरूसँग सेयर गर्न आतुर छु, यो यति सजिलै हुन्छ भनेर सोचेकै थिइनँ'।
क्याप्सनसहित, देब्रे हातको औँलामा हीराको औंठी लगाएर औँठी देखाइरहेको एकपछि अर्को गर्दै फोटो सेयर गरेकी थिइन्। अन्ततः सोनाक्षीले औँठी पछाडिको राज खोलेकी छिन्। वास्तवमा त्यो उनको इनगेजमेन्ट औँठी नभएर उनले हालै लन्च गरेको आफ्नै ‘प्रेस–अन नेल्स’ फ्ल्न्ट गरिरहेकी हुन्।
‘प्रेस–अन नेल’ खासमा फेक नेल अर्थात् नक्कली नङहरू हुन्। यसको पूरा सेट नै ‘प्रेस-अन नेल’ हो। बुधबार एउटा फोटो पोस्ट गर्दै उनी लेख्छिन्, “मलाई लाग्छ, मैले तपाईंहरूलाई धेरै सताएँ !! धेरै हिन्टस भयो, तर कुनै पनि कुरा झुट थिएन। मेरा लागि याे ठूलो दिन नै हाे, किनभने म मेरो आफ्नै ब्रान्ड ‘सोइजी’ लन्च गरेको छु, सम्पूर्ण नारीहरूको उत्कृष्ट नङका लागि एउटै पसल, हरेक दिन, प्रत्येक दिन !!! मेरो सबैभन्दा ठूलो सपनामध्ये एकमा प्रवेश गरिसकेको छु,।