काठमाडौँ - गायक वसन्त लम्सालले महिलाहरुको महान पर्व तीजको अवसर पारेर आफ्नो नयाँ गीत ‘भाँच कम्मर भाँच’ को भिडियो सार्वजनिक गरेका छन्।
गीतमा गायक लम्साललाई सपना गाहा, लक्ष्मी पुन तथा लालुमाया पुन थापाले गायनमा साथ दिएका छन्। गीतमा गायक लम्सालकै शब्द तथा लय संकलन रहेको छ। गीतका संगीत संयोजक विश्वास नेपाल हुन्।
गीतको म्युजिक भिडियोमा सरोज पुर्जा, सुमन परियार, शेखर घर्ती आदि कलाकारलको अभिनय रहेको छ। काजिश श्रेष्ठको निर्देशनमा बनेको गीत दीपक विष्टले सम्पादन तथा अजय रेग्मीको छायांकन गरेका हुन्।