यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलकाे फराकिलो जित

काठमाडौँ - युइएफए नेसन्स लिगअन्तर्गत गएरातिकाे खेलमा पाेर्चुगल विजयी भएकाे छ। ऊ लिग`ए´अन्तर्गत समूह दुईकाे खेलमा घरेलु टाेली चेक रिपब्लिक विरुद्ध ४-० ले विजयी भएकाे हाे।

सिनाेबाे स्टेडियममा पार्चुगललाई फराकिलाे जित दिलाउन डिएगो डालाेटले २ तथा ब्रुनो फर्नान्डेस र डिएगाे जाेटाले १/१ गाेल गरेका थिए। खेलकाे २३ औं मिनेटमा डालाेटकाे गाेलमार्फत पाेर्चुगलले अग्रता लिएकाे थियाे। ​पहिलाे हाफकाे थप गरिएकाे समयमा फर्नान्डेसले टाेलीकाे अग्रता दाेब्बर बनाएका थिए।

थप गरिएकै समयमा प्याट्रिक सिक पेनाल्टीमा चुक्दा चेक रिपब्लिकले गाेल अन्तर कम गर्ने अवसर गुमाएकाे थियाे। ५२ औं मिनेटमा डालाेटले व्यक्तिगत दोस्रो गाेल गर्दा पाेर्चुगल ३-० ले अघि बढ्याे। ८२ औं मिनेटमा जाेटाले गाेल गर्दै टाेलीलाई ४-० काे फराकिलाे जित दिलाए।

जितसँगै ५ खेलमा १० अंक जाेडेकाे पाेर्चुगल शीर्ष स्थानमा रहँदा चेक रिपब्लिक समान खेलबाट ४ अंकका साथ पुछारमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×