आजको मौसम पूर्वानुमान

काठमाडौँ - हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशका  पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राति पनि  देशभर मौसम सामान्यतया सफा रहने छ।

तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको  हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। तत्काल वर्षाको सम्भावना नदेखिएको महाशाखाले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×