‘प्रकाश’ र ‘प्रेमगीत ३’ रिलिजभन्दा अगाडि नयाँ फिल्ममा आबद्ध हुने सम्भावना न्यून : प्रदीप खड्का

काठमाडौँ - अभिनेता प्रदीप खड्कालाई दर्शकहरुले पर्दामा पर्खिएको तीन वर्षभन्दा बढी भइसकेको छ। पछिल्लो पटक रिलिज भएको फिल्म ‘लभ स्टेशन’पछि उनका कुनै फिल्म प्रदर्शनमा आएका छैनन्। कोरोना महामारीभन्दा अगाडि उनले फिल्म ‘प्रेमगीत ३’को छायांकन सकेका थिए। तर, कहिले कोरोना महामारी त कहिले हिन्दी डबका कारण यो फिल्मको प्रदर्शनमा ढिलाई भएको छ।

प्रदीपले कोरोना महामारीकै समयमा फिल्म ‘प्रकाश’मा काम गरे। दिनेश राउतको निर्देशनमा बनेको यो फिल्म आउँदो भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। यतिबेला प्रदीप ‘प्रकाश’ र ‘प्रेमगीत ३’को रिलिज कुरेर बसेका छन्।

‘प्रेमगीत ३’को हिन्दी डब र भारत प्रदर्शनको शिलशिलामा निर्माता सन्तोष सेनसँग मुम्बईमा रहेका उनले ‘प्रकाश’ र ‘प्रेमगीत ३’ रिलिजभन्दा अगाडि आफू नयाँ फिल्ममा आबद्ध हुने सम्भावना न्यून रहेको बताए। यी दुई फिल्म रिलिजपछि नयाँ फिल्ममा काम गर्ने विषयमा विचार गर्ने उनको भनाई छ। उनले दुई फिल्म रिलिजपछि सन्तोष सेनले निर्देशन गर्ने ‘हुतुतु’मा काम गर्न सक्नेछन्।

अभिनेता अनमोल केसीपछि सर्वाधिक फिल्मको अफर पाउने गरेका प्रदीप खड्कालाई कोरोना महामारीयता थुप्रै ठूला ब्यानरका फिल्मबाट अफर पुगेको छ। तर, उनले स्क्रिप्ट समाते पनि निर्माताको चेक समातेका छैनन्। उनी ‘प्रकाश’ निर्देशक दिनेश राउतसँग फेरि टिमअपको तयारीमा रहेको चर्चा छ। दिनेश, प्रदीप र आर्यन सिग्देललाई लिएर फिल्म बनाउने योजनामा छन्।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×