काठमाडौँ l टेलिभिजन रियालिटी सो 'हिमालय रोडिज'को चौथो सिजन आजबाट प्रसारण हुनेछ l निर्माणपक्षले गत आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै कार्यक्रम बारे जानकारी दिएको हो l कार्यक्रम हरेक सोमबार बेलुकी ८ बजेबाट हिमालय टेलिभिजन तथा रोडिजको युट्युब च्यानलबाट प्रसारण हुनेछ l चर्चित भारतीय कार्यक्रम ‘एमटिभि रोडिज’को नेपाली संस्करणको ग्याङ लिडरमा अनुप विक्रम शाही, समन श्रेष्ठ, दिया मास्के, आशिष् राना लाहुरे र समन श्रेष्ठ रहेका छन् l अमन प्रताप अधिकारी निर्देशक रहेको कार्यक्रमको तेश्रो सिजनका विजेता सुजन सुवेदी रहेका थिए l