नेपाली चलचित्र 'लाखे'का लागि अडिसन हुँदै

काठमाडौँ l निर्देशक सम्राट बस्नेत नयाँ चलचित्र 'लाखे' बनाउने तयारीमा रहेका छन् l चलचित्रका लागि उनले सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकारहरुलाई फाइनल समेत गरी सकेका छन् l ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रका निर्माता सिजन अर्याल,कार्यकारी निर्माता हरि मल्ल ठकुरी र प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी रहेका छन् l  चलचित्रको लागि अन्य कलाकारहरू भने अडिसनबाट छानिनेछ l जसमा १८ देखि २४ बर्ससम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बाल कलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार रहेनेछन् l  मंसिर १८ गते कान्तिपुर फिल्म एकेडेमीमा अडिसन लिएर कलाकार छनोट गरिनेछ l चलचित्रमा निर्माता सिजन अर्यालकै कथा रहनेछ l

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×