काठमाडौँ। केहि समयअघि घोषणा गरिएको चलचित्र 'घुइँचो' यतिबेला अफ्ठ्यारोमा परेको छ। अभिनेत्री एलिजा गौतम र अभिनेता कुन्साङ बोमजङको अभिनय रहने भनिएको चलचित्रमा रङ्ग पत्रकारिताबाट चलचित्र निर्देशनमा लागेका दीपेन्द्र लामाको निर्देशन रहने बताईएको थियो।
खबरका अनुसार अभिनेता कुन्साङले यो चलचित्रबाट हात झिकेका छन्। उनले आफ्ना नजिकका व्यक्तिहरुलाई आफुले चलचित्र नगर्ने बताईसकेका छन्। तर, आधिकारिक रूपमा निर्माण पक्षले यसको जानकारी भने दिएको छैन। चलचित्रको छायांकन फागुनबाट थालिने जनाइएको थियो। तर, कुन्साङले चलचित्र नगर्ने भएपछी अहिले निर्माण पक्ष अर्को अभिनेताको खोजीमा छ। त्यसैगरि अभिनेत्री एलिजा र निर्देशक दीपेन्द्र आफ्ना अरु प्रोजेक्टमा व्यस्त भएका छन्।