काठमाडौँ - कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको शिरफुल - सुनका बाला-२ सार्वजनिक भएको छ।
हालै सार्वजनिक गरिएकोे ‘शिरफुल-सुनका बाला २’ मा रेखा जोशीको स्वर रहेको छ। गीतमा मिस्टर आरजे भनेर चिनिने राजेन्द्र भट्टको शब्द तथा संगीत रहेको छ।
गीतको भिडियोमा लक्ष्मी र जीवनका साथै अश्विनी बर्देवाको पनि अभिनय रहेको छ। काठमाडौंमा काम गर्न गएका आफ्ना श्रीमान्लाई सम्झिएर सुदूरपश्चिमकी एक महिलाले पोखेको भाव भिडियोमा तयार पारिएको छ।
यो गीत यसअघि मेल भर्सनमा आरजेको स्वरमा आइसकेको छ।