काठमाडौँ। लोकप्रिय गायक प्रमोद खरेलको आवाज रहेको गीत 'चाहिँदैन तिम्रो माया' सार्वजनिक भएको छ। गीतमा कार्कीजीको शब्द तथा संगीत रहेको छ भने बिशाल निरौलाको संयोजन रहेको छ। गीतको भिडियोमा केकी अधिकारी, समिप निरौला र शिशिर सिवाकोटीको अभिनय रहेको छ। गम्भीर बिस्टको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'नमस्ते प्लस'मा उपलब्ध छ।
भिडियो: