आजबाट सुरु हुँदै टुबोर्ग दोहोरी प्रतियोगिता

काठमाडौँ - आजबाट राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ। कोरोनाका कारण सुस्ताएको नेपाली लोक दोहरी संगीत क्षेत्रको प्रवर्द्धनका उद्देश्यले यस प्रतियोगिता सँचालन गर्न लागिएको हो। यो प्रतियोगिताको छैठौं संस्करण हो। यस कार्यक्रमलाई टुबोर्गले प्रायोजन गरेको छ भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको छ। यस छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८ आजबाट भृकुटी मण्डपको बगैँचामा हुनेछ। 

यस प्रतियोगितामा मुलुकका विभिन्न जिल्लाका करिब ७० टोलीले सहभागिता जनाउने आंकलन आयोजक पक्षले गरेको छ। यो प्रतियोगिता आगामी आइतबारसम्म चल्ने छ। प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने टोलीले राष्ट्रिय रनिङ शिल्डसँगै पदक, नगद साढे दुई लाख रुपियाँ र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसै गरी द्वितीय हुनेले ट्रफी, पदक र एक लाख ५० हजार रुपियाँ, तृतीय हुनेले नगद एक लाख रुपियाँसहित ट्रफी, पदक र प्रमाणपत्र तथा सान्त्वना हुनेले ५० हजार रुपियाँसहित ट्रफी, पदक, प्रमाणपत्र प्राप्त गर्नेछन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष तथा संरक्षक गायक चन्द्र शर्माको संयोजकत्वमा निर्णायक टोली बनाइएको छ। निर्माण पक्षले यसपटक प्रतियोगितामा सभ्य शब्द प्रतुत गर्न लगाउने बताएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×