काठमाडौँ - साफ महिला च्यापियनसिपमा नेपालले श्रीलंकालाई हराएर सेमिफाइनलको यात्रा तय गर्ने लक्ष्य साथ आज मैदानमा उत्रिँदै छ।
काठमाडौँको दशरथ रंगशालामा नेपाली समयअनुसार बेलुका साढे ५ बजेबाट सुरु हुने खेलमा नेपाल समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकालाई हराउने लक्ष्यसहित मैदानमा उत्रिन लागेको हो। पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको नेपालले आज श्रीलंकासँग भिड्न लागेको हो।
२ खेल खेलिसकेको भुटान भने १ मा जित र १ मा हार व्यहोरेर समूह बी बाट सेमिफाइनल प्रवेश गरिसकेको छ। भुटानले श्रीलंकालाई ५-० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो। नेपालले सोमबारको खेलमा श्रीलंकालाई हराएमा वा बराबरमा रोकेमा समूह विजेता हुनेछ।