कांग्रेसको १३ जना पदाधिकारीमा एक महिलामात्र निर्वाचित

काठमाडौं । शुक्रबार समावेशीतर्फ आठ जना सहमहामन्त्रीको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सबै पदाधिकारीको मतगणना सकिएको छ। 

सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ जना पदाधिकारीमा जम्मा एक जना मात्र महिला निर्वाचित भएकी छन्।

खुला र महिला खुलामा सुजाता कोइराला, महालक्ष्मी उपाध्याय डिना र कमला पन्त गरी तीन महिला नेता पदाधिकारीमा प्रतिस्पर्धा गरेकी थिइन्।

तर, चुनावी प्रतिस्पर्धामा महिला खुला अन्तर्गत महालक्ष्मी उपाध्याय डिना मात्र विजयी भएकी छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×