अनेरास्ववियु टाेखा नगर कमिटीकाे अध्यक्षमा प्रशान्त डंगोल सर्वसहमत

काठमाडौं  । अनेरास्ववियु टाेखा नगर कमिटीको भेलाले अध्यक्षमा प्रशान्त डंगाेल सर्वसहमतले चयन गरेकाे छ । टाेखा नगरपालिका वडा नं २ स्थित न्हूज: पुस्तकालयमा आयाेजित भेलाबाट प्रशान्त डंगोलकाे नेतृत्वमा १३ सदस्यीय कमिटी गठन गरिएकाे हाे ।

अनेरास्ववियु नगर कमिटी अध्यक्ष विकास श्रेष्ठकाे साभापतित्वमा भएकाे कार्यक्रममा  अनेरास्ववियु केन्द्रीय सदस्य तथा अनुसासन विभाग प्रमुख दिपेश प्रसाईंकाे प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियाे ।  पार्टी बुद्धिजीवी परिषद्काे केन्द्रीय सदस्य दिपेन्द्र श्रेष्ठ तथा  एमाले  टाेखा वडा नं ८ का  सचिव अनुप कुमार राईले पार्टीलाई सदैब खवरदारी  गरिराख्ने संस्था अनेरास्ववियुले विगतकाे जस्तो साख जाेगाउन वर्तमान अवस्थामा गर्नुपर्ने कुनै पनि काम थाती  नराखी फटाफट कार्यान्वयमा लाग्नु पर्ने बताए ।

साे कार्यक्रममा   काठमाडौं जिल्ला कमिटी सदस्य एवम् प्रदेश संस्कृति बिभाग इन्चार्ज मनिराज डंगोलले टाेखा एक संरक्षित नगर तथा काठमाडाैंकाे उत्तरी प्रवेश गर्नु प्रमुख द्वार रहेकाले  यसै मार्ग हुँदै हाम्रा पुर्खाहरुले ल्हासा: सँग ब्यापार गर्थे, टाेखा नगरपालिकाले विकास परियाेजनामा देखाएको अग्रसरताले देशकै अग्रणी नगरपालिकामा भएकाेमा बधाई दिएका थिए ।

अब बन्ने नयाँ अनेरास्ववियु कमिटीले टाेखा नगरकाे भुगाेल र संस्कृतिलाई शुक्ष्म ढंगले अध्ययन गरी टाेखाकाे इतिहास महिमा, वास्तुकला, सिल्पकला, काष्ठकला, प्रस्तरकलालाई संसारभर  चिनाउन समेत महत्त्वपूर्ण याेगदानदिन सफल रहाेेस् भनेर कार्यकाल सफलताकाे शुभकामना दिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×