भिएनएल उपाधिका लागि अमेरिका र फ्रान्स भिड्ने

काठमाडौँ - भलिबल नेसन्स लिग (भिएनएल) २०२२ अन्तर्गत पुरुषतर्फको उपाधिका लागि अमेरिका र फ्रान्स भिड्ने भएका छन्। इटालीको बोलोग्नामा गएराति सम्पन्न सेमिफाइनल अन्तर्गत आ-आफ्नो खेलमा जित हात पार्दै उनीहरूले उपाधि भिडन्त पक्का गरेका हुन्।

अमेरिकाले साबिक उप विजेता पोल्याण्डमाथि ३-० को सोझो सेटमा जित निकाल्यो। उसले खेल २५-२२, २५-२३ र २५-१३ ले आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गरेको हो।

अमेरिका साबिक विजेता ब्राजिललाई २०-२५ २५-२२, २५-२३ २५-१७ तथा पोल्याण्ड इरानलाई २५-२१ २४-२६ २५-१८ १६-२५ १५-७ सेटले हराउँदै सेमिफाइनल प्रवेश गरेका थिए। फ्रान्सले पनि पनि घरेलु टोली इटालीलाई ३-० को सोझो सेटमै पराजित गरेको थियो। उ खेल २५-२२, २५-२० र २५-१५ ले आफ्नो पक्षमा उपाधि नजिक पुगेको हो।

फ्रान्सले जापानलाई २६-२४ २५-१६ २५-२० तथा इटालीले नेदरल्याण्ड्सलाई २१-२५,२५-२५,२५-१३ र २५-२२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन्।

फाइनल खेल आज राति पौने १ बजेबाट हुनेछ। त्यस्तै, आजै राति पौने १० बजे तेस्रो स्थानका लागि हुने खेलमा पोल्याण्ड र इटालीले प्रतिस्पर्धा गर्नेछन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×